स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले हराएको छ । रियल मड्रिडको घरेलु मैदानमा भएको एल क्लासिको खेलमा पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको ५४ औं मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६४ औं मिनेटमा रियल मडिड्रका डिफेन्डर ड्यानी कारबाहालले हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेका थिए । यो गोलसँगै मेसीले एल क्लासिको खेलमा आफ्नो गोल संख्या २५ पुर्याएका छन् ।खेलको ४० औँ मिनेटमा बार्सिलोनका खेलाडी पाउलिन्होले उत्कृष्ट हेड गर्दै बललाई पोस्टमा प्रहार गरे पनि रियल मड्रिडका गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै रियल मड्रिडका करिम बेन्जेमाले पहिलो हाफको ४२ औं मिनेटमा प्रहार बार्सिलोनको पोस्ट नजिकबाटै बाहिरिएको थियो । शनिबारको जितसँगै बार्सिलोना ४५ अंकसहित शीर्ष स्थानमा रहँदै लालिगा उपाधि होडमा सहज स्थितिमा देखिएको छ । चौथो स्थानमा रहेको रियल मड्रिडको भने ३१ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्