Logo

महामारीलाई अवसरको रूपमा लिन मुख्यमन्त्रीको आग्रह



Spread the love

२३ भदाै, काठमाडाैँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी लाई अवसरको रूपमा लिन प्रादेशिक अस्पतालका प्रमुखहरूलाई आग्रह गरेका छन् । कोरोना महामारीको चुनाैतिलाई अवसरको रूपमा लिन मन्त्री रावतले आग्रह गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न अस्पतालका प्रमुखहरू सहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो ।

सो बैठकमा उनले कोरोना महामारी चुनौती रहे पनि यसलाई अवसरको रूपमा प्रयोग गर्न सकिने बताएका हुन् ।

उनले कोरोना भाइरसले अस्पतालहरूमा धेरै सुधार गर्नुपर्ने आवश्यकता देखाएको समेत बताएका छन् । उनले अस्पताल सुधारका लागि कदम चालिसकेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्