Logo

एकै प्रदेशमा थपिए ४९ जना कोरोना संक्रमित



Spread the love

२३ भदौ, कास्की। गण्डकी प्रदेशमा आज थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । चितवन र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३१ जना, बाग्लुङका नौ जना, नवलपरासीका छ जना र तनहुँका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म २ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्