२२ भदौ, गुल्मी। गुल्मीमा बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर चार पुर्तिघाटका ६१ वर्षीय नारायण प्रसाद श्रेष्ठलाई सोहि स्थानकी ६ वर्षिया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गत भदौ १७ गते श्रेष्ठको पसलमा चकलेट किन्न आएकी ती बालिकालाई ललाईफकाई भान्सा कोठामा लगेर सम्वेदनशिल अङ्ग छुने गरेको पीडित परिवारले जनाएका छन् । पीडित परिवारले दिएको उजुरीका आधार भदौ २० गते पुर्तिघाट प्रहरीले पक्राउ गरेको हो ।
घटनामाथि थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्थले सल्लेरी खबरलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्