![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/07/Coronavirus-Blood-Test-scaled-1-768x512.jpg?resize=768%2C512&ssl=1)
२० भदाै, पर्सा – कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश नं २ शनिबार पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार प्रदेश नं २ मा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।
शनिबार पर्साका दुई जनाको मृत्यु भएको हो ।
शनिबार २ जनाको मृत्यु भएसँगै प्रदेश नं २ मा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ ।
प्रदेश २ मा कोरोना संक्रमण भएका मध्ये पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै प्रदेश नं २ मा शनिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धनुषामा ६ जना, महोत्तरीमा २५ जना, बारामा १२ जना, पर्सामा ८ जना र सप्तरीमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार थपिएका कोरोना संक्रमित सहित प्रदेश नं २ मा ११ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै शनिबार नै प्रदेश नं २ मा दुई सय ४३ जना कोरोनामुक्त भएका छन् । उनीहरू सहित सो प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ५ सय २ पुगेको छ ।