मलाई कुनै सृजनाका आहलहरुमा डुबुल्की मारेर आफूलाई उत्तम सर्जकको स्तर मा पुर्याउने कुनै रहर छैन।नत म कुनै आफूलाई स्रजक नै ठान्छु।तर पनि जीवनका तिता मिठा भोगाइहरुलाइ मनमा गुम्साएर राख्ने चलन र स्वभाव चाहिँ मसङ्ग छैन।मानसपटलमा उकुसमुकुस भावना र अनेकौँ बोझ हरुलाइ यो कामको चाप र व्यस्त जिबन्शैली का बाबजुद पनि समय हुँदा अभिव्यक्त गर्ने जमर्को चाहिँ पक्कै होला।
जीवन कहाँ बाट सुरु हुन्छ र कहाँ अन्त्य हुन्छ त्यति धेरै ज्ञान त राख्दिन्न म तर मान्छे जन्मदा पूर्ण स्वतन्त्र भएर जन्मन्छ तर बिस्तारै सामाजिक परिबन्ध को जन्जिर ले उसलाई बाधेर राख्दछ।अन्ततः उसले आफूलाई नै बिर्सने अवस्था आउँछ ।जीवनमा खडकिरहने अनेकौँ कुराहरूको अभाव बढदो जटिलता थप्दै गइरहेको हाम्रो महत्वाकांक्षी जीवनशैली उमेरको बढदो क्रम सँगै समाजमा आफूलाई रुपान्तरित गर्ने जिम्मेवारी र आफ्नो व्यक्तिगत इच्छा आकान्क्षा हरू बिचको टकराब्ले मान्छेलाई सिधै अपाङो बनाईदिदो रहेछ।
घर परिवार छोडेर बिदेशिएको झन्डै झन्डै अढ्इ वर्ष हुनै लागेछ।यो बिचमा थुप्रै उतारचढाव हरू पक्कै भए।अफ्नो जीवनको लामो समय गरिबी ले झेलेर त्यस्का बाबजुद पनि अगाडि केही गर्न सकिन्छ कि भनेर रिन गरेर पढ्दै गर्दा त्यही रिन सामन्य जागिर ले तिर्न नस्केपछी बिदेसिने मन नहुदा नहुदै जबर्जस्त डेगै नचल्ने खुट्टा हरुलाई अचानक बेगमा दौडदै गर्दा पारिवारिक माया ममता लाई बाइ बाइ गर्दै बिछोदियेको पिडा ले दिएका अनगिन्ती चोटहरुले साएद मलाई लामो समय पिडा दियो।त्यस्कै कारण कोरिया मा सुत्नै नसकेका ती रात हरू र जबर्जस्त आखाम पानी छ्याप्दै रातै अँखा बनाएर काम गर्न जानुको बाध्यता र sleeping tablet खाएर बिताइएका ती रात हरू अझैसम्म बिझिरहेका छन्।आफ्नै कोठामै सुत्न नसकेर चर्च मा गएर भारी मन लिएर जबर्जस्ति बाइबल का गाथाहरु घोकेका ती दिन हरू त्यति पुरना भएका छैनन् ।आफ्नो भाषा शैली धर्म बिर्सेर केही नजान्ने लाटो भएर बस्दा जत्तिको नमिठो अनुभूति सायदै भएन जीवनमा।
समय क्रमअनुसार दिनहरू बित्दै थिए ।शिशिरको उजाड ताले भरिएको जीवनमा केही आशा का किरण हरू थप्ने काम हुँदै थिए ।तरपनी फेरि एउटा त्यस्तो रात जतिबेला म निदाउनै सकिन।
कोरिया कै नियमकानुन अनुसार मैले आएको कम्पनी बदले र नयाँ कम्पनी मा प्रवेश गरे।कामको प्रकृति ठिक भए पनि पैसा र बसाई बन्दोबस्त चाहिँ भने अनुसार गरिदिएको थिएन।सायद सन्सारमा सबै खालका मान्छेहरू पाइन्छन र त्यसैहोला यहाँपनि कोही सज्जन र सभ्य अनि इमानदार मान्छेहरू पनि भेतिन्छन त भने कोही मानबियता बाट गिरेका मान्छेहरू सङ पनि मिलेर काम गर्नु हाम्रो बध्यता हो।
समय शिशिर यामको अत्यन्तै चिसो मौसम को थियो ।चारैतिर रुखका पालुवा हरू झरेका थिए र उजाड थियो वातावरण ।सारा हिउँ नै हिउँ ले ढाकिएको बाहिरी वातावरण को तापक्रम लागभग -२५° जति थियो होला।त्यसका बाबजुद पनि मनमा थोरै आशा बोकदै सुन्दर वसन्त को पर्खाइमा थिय म।आफना हजारौँ इच्छाचाहना हुँदा हुँदै पनि एउटा नोकर को जीवन ब्यतित गर्दै गर्दा अनेकन तिक्तता र जीवन प्रतिको नैरास्याता त थियो नै त्यसैमाथि त्यस कम्पनी को जिम्मेवार मान्छेले हामी माथि गरेको विश्वास घात र छुद्र व्यवहार ले मनै मरेको थियो।हामी दुई जना थियौ तर एउटा को राती र अर्कोको दिउँसो काम पर्थ्यो साथी भएर पनि सँगै बस्ने र काम गर्ने वातावरण थिएन तर पनि झिनो ज्यान र आशा चाहिँ मनभरि बोकिएकै थियो।
तर अपसोच यहाँ जाडो याममा धेरै चिसो हुँदा पानीको पाइपहरु जाम हुदोरहेछ र आकस्मिक रूपमा राती सुतेको बेलामा पानी को सबै धाराहरु बन्द भएछन।खानेपानी शौचालय अनि बाथरूम जताततै पानी बन्द भएछ ।यस्को बारेमा काम्पनी जिम्मा लिएको मान्छेलाई सारै अनुरोध गर्दा पनि हाम्रो समस्यालाई वास्तै गरेन।काम मात्र गरेनगरेको हेर्ने तर हाम्रो समस्या म यक्चिम्ती पनि ध्यान दियन।बसाई असहज बन्दै गयो।सदाझै काम सकेर राती आठ बजे तिर कोठाम फर्किदा त कोठाम एक थोपा पानी पनि थिएन ।साथी रातीको काम परेकोले हिडिसकेको थियो।बाहिर अत्यन्तै हिमपात हावा हुरी चलिरहेको थियो।अन्ततः दिनभर को काम चिसोले सेकेको शरीर अनि भोकाएको ज्यानलाई त्यत्तिकै सुत्न पनि सकिएन।त्यो एक्लो सुनसान रात्मा त्यो अवस्थामा आफैँ सन्तुलित हुन सकेकै थिइन।र एक भाडो बाहिर बाट आइस ल्याए र उमाल्ने कोसिस गरे बल्ल एक घण्टा जतिमा पानी बन्यो त्यस्पछी त्यसैमा भात पकाएर आधी पाकेको र आधी नपाकेको भातलाइ हेरे भोक ले छिया छिया भएको त्यो बखत भात हेर्दा सारै मन रोयो तरकारी केही थियन सोछे घरपरिवार अनि आमाबुबा र त्यो आफ्नै गाउँ र ठाउ तर केही उपाय त थियन म भक्कानिय अन्ततः मसङ भएको दुई थोपा आशु खसाले र भात खाए र असन्तुष्टि को ठुलो भारी बोकेर झन्डै रातको बारह बजेतिर निदाउन पुगेछु।मनमा उकुसमुकुस ता अनि धेरै तनाव -20°को चिसोले दिनभर सेकेको लुथुर्क्क भिजेको शरीर र त्यसैमाथी खान्पिनको अभाव मा झन्डै मध्यरात को दुई बजेतिर आफूलाई डरलाग्दो सपना सँगै बिउझिए।आफूतिर फर्केर हेर्दा शरीर पुरै चिसो पसिनाले भिजेको नशा नारी हरू अत्यन्तै बेग्र गतिले चलेको र ताउको भारी भएको मुटु को चाल अनियंत्रित भएको अवस्थामा पाए।झत्तपत्त पानी खोजे तर एक थोपा पनि थिएन।बाहिर निस्के निस्कपट र सुन्सान रात हिउँ ले सेताम्मे थियो।कता कता बिरालोको डरलाग्दो आवाज आइरहेको सुने र फर्के कोठामै र मनमा अनेक डर पैदा भए मरिन्छ कि भन्ने सोच आयो।सायद यो क्षनमा म नबिउझेको भए फेरि सन्सार देख्न पाउथे या पाउदैनथे अनि मेरो परिवार सँग सुन्दर मिलन हुन्थ्यो या हुदैनथ्यो। सोचिरहे र सोचाइको उचाइ मा पुगे तर केही निष्कर्षमा पुग्न सकिन।एक मनले त भन्थ्यो अब घर फर्कन्छु र कुतो कोदाली गर्छु गाउमै आफनै परिवार सँग रमाएर बस्छु फेरि अर्को मनले भन्थ्यो होइन यो एउटा अवसर हो तत्काल घर फर्केर केही गर्ने वातावरण छैन अलिकता पैसा कमाउनुपर्छ अनि फर्कनुपर्छ।तर पनि एस्ता अनेकौँ मनमा उब्जेका सोच र अन्तद्व्न्द हरुलाइ थाती राख्दै नयाँ कम्पनी सर्ने र अब एस्मा बाकी समय नबस्ने निष्कर्ष मा पुगे बाहिर हेर्दा उज्यालो भैसकेको थियो सोचे साहासी हरू हार स्वीकार गर्दैनन् बरु ठुला ठुला चुनौती का पहाड हरू फोरेर भए पनि सुन्दर भविष्य निर्माण गर्छ्न भन्ने लाग्यो।र त्यही निर्णय मा पुगे।
समयको आफ्नै नियम छ दिनहरू सधैँ एकनास हुदैनन् ।मैले पनि उक्त कम्पनी छोडेर जादा धेरै समस्या दियो र केही दिन भोकै पनि बसियो अन्ततः नयाँ कम्पनीको सम्पर्कमा पुगे।जसरी प्राकृति मा रात पछि दिन र उजाड शिशिर पछि सुन्दर पालुवा फुराउदै वसन्त को मुस्कुरावट हुन्छ त्यसैगरी जीवनमा पनि ती अतीत का नमिठा कथाहरू बिर्सदै नयाँ आशा का किरण हरुको प्रादुर्भाव हुदोरहेछ ।अहिले दिनहरू सामान्य बितिरहेका छन्।ठुलो कम्पनी मा छु मान्छेहरू ठिकै लाग्छन् र पारिश्रमिक पनि ठिकै काम गरे अनुसार पाएको छु।भलै काम कहाँ सजिलो हुन्छर तर काम सङ घिर्नता होइन रमाउन र खेल्न जानेको छु।जीवनमा आउने समस्याको पहाड र तुवाँलो को जन्जिर त्याग्न सके र निराशा को पहाड छिचोल्न सके जीवन लाई बदल्न सकिदो रहेछ।
शिशिर मा पाएका दुख कष्ट र मानसिक पिडामा त बिस्तारै खाटा बस्दै गएकाछन तर त्यो रातले जीवनमा दिएको झटका चाहिँ मेरो मानसपटलमा घरीघरी बिझाइरहन्छन।
प्रतिक्रिया दिनुहोस्