Logo

प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण



Spread the love

१९ भदौ, जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

कोरोना नियन्त्रणका लागि फन्टलाइनमा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेका छन् । थापा लगायत अन्य १६ जना पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्