![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/09/4-bachcha1.jpg?resize=700%2C300&ssl=1)
१७ भदौ, धनुषा। धनुषामा एक मुस्लिम महिलाले ४ वटा बच्चा जन्माएकी छन् । मंगलबार साँझ विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् । चार बच्चा जन्मनुलाई दुर्लभ घटना भएको बताइएको छ । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् ।
जन्मिएकामध्ये तीन शिशु स्वस्थ छन् । एकको अवस्था अस्थिर छ । आमाको अवस्था भने गम्भिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्