नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्यो ।
उनको साथबाट केहि थान नाडी घडी बरामद भयो । लगत्रै घडी तस्करीको आरोपमा निगमले उनलाई जागरिबाट बर्खास्त गर्यो ।
यो करिव चार दशकअघिको घटना हो ।
त्यस्तै दशकअघि क्याप्टेन कमलकृष श्रेष्ठ दुवईबाट जहाज लिएर काठमाडौं ओलर्नसाथ प्रहरी फन्दामा परे ।
उनको साथमा केहि ग्राम सुन भेटियो । त्यसपछि तस्करीको आरोपमा उनलार्य पनि जागिरबाट बर्खास्त गरियो ।
निगमको ऐनकानुन यथावत छ । तर त्यसवेला पाईलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार देखिएको खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्