Logo

एसईईमा कम नम्बर दिएको भन्दै विद्यार्थीहरुद्वारा प्रधानध्यापक र शिक्षकमाथि कुटपिट



Spread the love

१४ भदौ, सिन्धुली। एसईईमा कम दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकमाथि हातपात गरेका छन् । जिल्लाको सुनकोसी गाउँपालिका–७ स्थित गणेश माविका विद्यार्थीहरुले आइतबार एसईईमा कम नम्बर दिएकाले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

शिक्षकले कम नम्बर दिएकोले माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक र शिक्षकमाथि विद्यार्थीले हातपात गरेको शिक्षक झलक दाहालले जानकारी दिए ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्