महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्वलाई नै आक्रान्त बनाएको छ।महामारीविरुद्ध लड्न मानिसहरुलाई इम्युनिटी पावर बलियो बनाउनु अत्यन्तै आवश्यक रहेको छ । जस्का लागि प्रोटिन, क्याल्सियम, भिटामिनका साथै पर्याप्त मात्रामा निद्राको ठूलो भूमिका रहन्छ ।
रातीको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने चिकित्सकहरु बताउछन् । निद्रा नपुगेका दिनमा हामी दिनभर अप्ठ्यारो महसुस गर्छौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हुन्छ । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं ।
हामी रातिमा ७-९ घण्टा सुत्यौँ भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुने हुँदा हामी खुसी हुनुका साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
सामन्यतया १४- २५ बर्षको उमेरको व्यक्तिलाई ८- १० घण्टाको निन्द्रा अत्यन्तै जरुरी हुने गर्छ।
त्यस्तै, २६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई ७- ८ घन्टाको निन्द्रा आवश्यक पर्दछ। जब हाम्रो निन्द्रा पूरा हुन्छ तब हामी ताजकी अनुभव गर्छौ।