![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/07/nationalherald_2020-05_fffa274d-e6e0-41f0-b536-48b80974b588_suicide_750x430.jpg?resize=750%2C422&ssl=1)
१४ भदाै, कञ्चनपुर – कञ्चनपुरमा एकैदिन तीन जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रमा शनिबार एकै दिन तीन जनाले आत्महत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले दिएको जानकारी अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २८ वर्षीय रमेश चौधरीले घर नजिकैको उखुबारीभित्र रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
त्यसैगरी बेलौरी नगरपालिका–५ शोभाताल की ४५ वर्षीया कलावती चौधरीको शव आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
त्यस्तै शनिबार नै लालझाडी गाँउपालिका–२ कञ्जका ५७ वर्षीय हेलुराम चौधरी पनि आफ्नो घर नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
उनीहरू सबैको पोष्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ ।
प्रहरी निरीक्षक चन्दका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीनवटै घटना आत्महत्या हुन् ।