Logo

सलमान खान नेपाल आउने पक्का,यस्तो छ तीन दिनकाे तालिका



Spread the love

बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान २३ वर्षपछि फागुन २५ (मार्च ९)मा नेपाल आउने भएका छन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’का लागी सलमान तीन दिन सम्म नेपालमा हुने छन् ।सलमान मार्च ९ मा बिहान काठमाडौँ क्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्ने छन् । बुझिए अनुसार उनीसँगै कार्यक्रममा बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन्।

कार्यक्रम १० मार्च (फागुन २६) गते काठमाडौँको टुँडिखेलमा हुने छ ।मनिष पलले यो कार्यक्रमको संचालन गर्नेछन् । मार्च १० मा कार्यक्रमको लागी १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए । टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ।

फागूण २७ गते उनी पशुपति दर्शनका लागि जानेछन् । साथमा, सलमान खानलाई हेलिकप्टर चार्टर गरेर संसारकै अग्लो सगरमाथा घुमाउने योजना समेत आयोजकले बनाएको छ। सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन्।

किन आउँदैछन् त सलमान नेपाल ?

हालैमा सलमानले ‘दबंग द टुर’ नाम दिइएको कन्सर्ट सुरु गरेका छन् । उनले दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तगर्त सलमान नेपाल आउन लागेका हुन् ।आयोजक संस्थाका अनुसार, नेपाल एक सुरक्षित पर्यटन क्षेत्र रहेको सन्देशसहित ‘दबंग द टुर नेपाल’को आयोजना गर्न लागिएको हो ।

नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले देशमा भएको आर्थिक संकटलाई मध्यनजर गर्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सलमानलाई नेपाल ल्याउन लागिएको स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस्