Logo

हलिउड अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन



Spread the love

एजेन्सी। हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ । लस एन्जलसस्थित आफ्नै घरमा उनको निधन भएको हो । ४३ वर्षिय बोजम्यान क्यान्सरका पीडित थिए।

बोजम्यानले धेरै उत्कृष्ट चलचित्रमा अभिनय गरेका छन् । सन् २०१८ मा सार्वजनिक भएको ब्ल्याक प्यान्थरले भने उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो ।

ब्ल्याक प्यान्थर ओस्कारमा सर्वोत्कृष्ट चलचित्रको छ विधामा मनोनयनमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्