Logo

नेपाल टेलिकमका आकर्षक प्याकेज सार्वजनिक



Spread the love

२ भदाै, काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।

एसईईमा सहभागी भएका विद्यार्थीहरूलाई टेलिकमले निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिने भएको हो । एसईईमा सहभागी विद्यार्थीहरूसँग पुरानो सिमकार्ड भए त्यसमै यी अफरहरू पाउन सकिने समेत टेलिकमले जानकारी दिएको छ ।

एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भरेपछि विद्यार्थीहरूले सिमकार्ड पाउनेछन् । त्यसपछि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्ममिति (विक्रम संवत्) उल्लेख गरेपछि टेलिकमले उल्लेखित अफरहरू प्राप्त गर्न सकिनेछ ।

यस्ता छन् टेलिकमले दिने सुविधाहरू…

नयाँ सिमकार्ड लिएपछि रजिस्ट्रेशन प्याक

नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र पाँच वटा एसएमएस गर्न तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक तीन हजार एमबी डाटा, तीन सय ५० मिनेट टक टाइम र एक सय ५० वटा एसएमएसको सुविधा

नयाँ सिममा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा, तीन दिनका लागि ।

पुरानो सिममा सुविधा प्राप्त गर्न–

पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्ने , त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रुपमा रजिस्ट्रर गर्दछ

कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिम कार्डमा मागअनुसार स्वतः ई–शिक्षा प्याकेजसमेत एसईईका विद्यार्थीहरुका लागि उपलब्ध गराउनेछ ।

सुविधा प्रयोग गर्न सकिने अवधि –

यस्तो सुविधा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिनेछ ।

अफरसहितका सिम अहिलेलाई तीन महिनासम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्