२ भदौ, विराटनगर । एकैदिन विराटनगर महानगरपालिकामा थप ४४ जना कोरोना संक्रमित थपिएका छन्।
विराटनगरमा १८ महिला र २६ पुरुषको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका स्वास्थ्य निरीक्षक तथा कोभिड-१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।
कोशी अस्पतालमा साउन २८,२९ र ३० उनीहरुको स्वाब संकलन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्