Logo

किन पुरुषको तुलनामा महिलाको दिमाग बढी सक्रिय हुन्छ ?



Spread the love

एजेन्सी। पुरुषको तुलनामा महिलाको दिमाग बढी सक्रिय हुने एक अध्ययनले देखाएको छ ।महिलाको दिमाग पुरुषको तुलनामा ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ।

एक अध्ययनका अनुसार ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो। जसमा पुरुषको तुलनामा महिलाको दिमाग केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो।

अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्