Logo

भाषा प्रयोगमा ख्याल नगर्दा प्रेम सम्बन्ध सफल हुँदैन – अध्ययन



Spread the love

एजेन्सी । तपाईंले डेटिङ साइटमा राम्रो जोडी पाउनका लागि आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउन र सही व्याकरण उपयोग गर्न जान्ने हुनुपर्ने एक अध्ययनले पत्ता लगाएको छ।

नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८ सयभन्दा बढी मानिसमाथि गरिएको अनुसन्धानमा हिज्जेमा गल्ती गर्ने मानिस लापरवाह र मसिनो कुरामा ध्यान नदिने खालको हुने धारणा बन्छ भन्ने कुरा पत्ता लाग्यो। ‘अनलाइन डेटिङमा कोही मानिस साना कुरामा ध्यान नदिने खालको भेटिएमा ऊ डेटिङ प्रोफाइल बनाउँदा समेत प्रयास गर्न अनि चासो राख्न अल्छी मानिन्छ। अनि उसलाई अनाकर्षक मान्ने गरिन्छ,’ अध्ययन प्रतिवेदनकी लेखिका टेस भान देर जान्देनले बताइन्।

तर हिज्जे मिलाउन नजान्ने केही मानिसका लागि आशाको ठाउँ चाहिँ छ।

प्रतिक्रिया दिनुहोस्