Logo

राष्ट्रपति ट्रम्पले राम्ररी कपाल नुहाउन नपाएपछि सरकारले नियम परिवर्तन गर्ने



Spread the love

एजेन्सी । अमेरिकी सरकारले शावरबाट आउने पानीको मात्रा बढाउनका लागि शावरहेडको परिभाषा बदल्ने प्रस्ताव ल्याएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले राम्ररी कपाल नुहाउन नपाइएको गुनासो गरेपछि ऊर्जा मन्त्रालयले नियम परिवर्तन गर्न लागेको हो ।

सन् १९९२ मा ल्याइएको एक कानूनअन्तर्गत अमेरिकाका बाथरूममा भएका शावरहेडबाट एक मिनेटमा ९.५ लिटरभन्दा बढी पानी निकाल्न पाइँदैन ।

ऊर्जा संरक्षण समूह अप्लायन्स स्ट्यान्डर्ड्स अवेरनेस प्रोजेक्टका कार्यकारी निर्देशक एन्ड्रु डीलास्कीले मन्त्रालयको प्रस्ताव मूर्खतापूर्ण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्