
३२ साउन, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति एक जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका तीनपानीका ५० वर्षीया महिला रहेकी छन् ।
विराटनगरस्थित न्यूरो अस्पतालवाट हिजो मात्रै उनलाई धरानमा भर्ना गरिएको थियो । उनमा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखिनुका साथै, थाइराइ र मुटुको समेत समस्या रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्