नेपालमा चलचित्र बनाउने प्रविधीको विकाश भै रहेको झनपछि झन बढ्दै गइरहेको बेला सर्वनामले मोवाइल फिल्म प्रतियोगीता आयोजना गर्ने भएको छ । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिएको पत्रकार सम्मेलनमा “दृश्यांश” को दोस्रो संस्करण घोषणा गरिएको हो ।राष्ट्रव्यापी मोबाइल लघु सिनेमा प्रतियोगिताको निम्ति मोबाइल फोनबाट बनाइएको नेपाली लघु सिनेमाहरको आव्ह्वान गरिएको छ । यो प्रतियोगितामा सहभागी हुन मोबाइलबाट खिचिएको बढीमा ३ मिनेट लामो लघु चलचित्र आयोजकलाई बुझाउन पर्नेछ ।
सहभागीले कुनै पनि विषयलाई लिएर चलचित्र बनाउन सकिने आयोजकले जानकारी दिए । सहभागी भएका चलचित्रहरुमा दश उत्कृष्ट सिनेमालाई पुरस्कार वितरण समारोहमा प्रदर्शन गरिनेछ । त्यस्तै उत्कृष्ट तीनलाई उपहारको साथै पुरस्कारले सम्मानित गरिने आयोजकले जानकारी दिए ।
प्रतियोगितामा पहिलो पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव रहेको छ । त्यस्तै अडियन्स च्वाइस अवार्डको रूपमा आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । यस प्रतियोगिताको निर्णयकको रूपमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह र दीपक रौनीयार र सुशील पौडेल रहेका छन् ।
प्रतियोगितामा प्रतियोगीले माघ १७ गते सम्म सहभागी जनाउन पाउने छन् । सहभागीले आफ्नो सिनेमालाई डी.भी.डीमा राखी सर्वनाम थिएटर, कालिकास्थान वा [email protected] पठाउन सक्नेछन् ।