Logo

सूचना उपलब्ध नगराउनेलाई कारबाही हुने



Spread the love

बनेपा, १५ असार
National-Information-Commisराष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना उपलब्ध नगराउने कर्मचारीलाई कानुनबमोजिम कारबाही हुने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज धुलिखेलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सूचना दिँदा कार्यालयको गोपनीयता भङ्ग हुन्छ भन्ने कर्मचारीको गलत सोचाइले समस्या आएको उल्लेख गर्नुभयो । प्रमुख आयुक्त बास्कोटाले भन्नुभयो, “अब विद्यालयस्तरको पाठ्यक्रममा सूचनाको हकसम्बन्धी पाठ्यसामग्री समावेश गरेर यसलाई व्यवस्थित बनाइने छ ।”

उहाँले कुनैपनि कार्यालयमा भएको कामको सूचना माग्ने मानिसको मौलिक हक भएको जानकारी दिँदै यस वर्ष कक्षा ९ को पाठ्यक्रममा सूचनाको हकसम्बन्धी पाठ्यसामग्री राखिने बताउनुभयो ।

आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकको प्रयोग गर्दा सर्वसाधारणले कार्यालयको कामको बारेमा जानकारी पाउनुको साथै सरकारी काममा खबरदारीसमेत हुने बताउनुभयो ।

सो अवसरमा काभ्रेपलाञ्चोकका प्रजिअ बालकृष्ण पन्थी, स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीलगायतले सूचनाको हक प्रयोगका फाइदाका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्