Logo

सल्यानमा औषधी अभावसँगै ज्वरोको बिरामी बढे



Spread the love

jyoro kaa birami

सल्यानको पश्चिम क्षेत्रका दर्जन बढी गाविसमा ज्वरोको प्रकोप बढेको छ ।

बालबालिका,बुढापाकालाई टाउको दुख्ने,बान्ता आउने, साँझपख ज्वरो आउने समस्याले सताएको छ ।

स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकिहरुमा बिरामीको लागि औषधी नहुँदा  समस्या परेको छ । अस्पतालमा औषधी नभएकोले र मेडिकलको औषधी खाँदा समेत बालबालिकालाई ज्वरो कन्ट्रोल नभएको स्थानीय कमला विष्टले वताईन् ।

सल्यानको मर्मरागेचौर,स्वीकोट,मुलखोला,बाँमे,देवस्थल र घाँजरीपिपल लगाएतका वडाहरुमा यो समस्या बढी देखा परेको छ । अस्पतालहरुमा दैनिक दिन औषधी उपचार गर्न आउनकोे सङ्ख्या १ सय नाघेको भेटिन्छ ।

अस्पतालहरुमा समेत बिरामीको लागि औषधी नहुदाँ समस्या भएको सम्बन्धित गाविसमा रहेका अस्पतालका कर्मचारीले बताउने गरेका छन् । मुलखोला गाविसको वडा ५ र मर्मरागेचौरका केही वडाहरुमा ज्वरोको बिरामी बढीको सङ्ख्या अत्यधिक मात्रमा वढीरहेको छ ।

गाउँहरुमा ज्वरोले गर्दा सबै जसो  घरघरमा बालबालिका सुतेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्