Logo

नेपालकी सविता भइन् ‘इन्डियाज नेक्स्ट टप मोडल’ मा फस्ट रनरअप



Spread the love

भारतको चर्चित रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को तेस्रो संस्करणमा यस पटक नेपालकी सविता कार्कीले फस्ट रनरअप जितेकी छिन् । शनिवार भएको फाइनलमा उत्कृष्ट तीनमा छानिएकी सविताले पहिलो रनरअपको उपाधि जितेकी हुन् ।प्रतियोगिताको शीर्ष उपाधि अमदाबादकी रिया सुवोधले हात पारिन् । एमटिभीबाट प्रसारण हुने यो कार्यक्रममा युवापुस्ता माझ निकै लोकप्रिय छ ।यो सोमा मोडलहरुल विभिन्न चरणहरू पार गर्नु पर्नेहुन्छ । नेपालबाट सहभागी भएकी सविताले विभिन्न चरण पार गर्दे अन्तिम राउन्डसम्म आइपुगेकी हुन् । गत साता निर्णायक रहेकी बलिउड अभिनेत्रीसँग सबिताले दिएको पोज उत्कृष्ट फोटो घोषणा भएको थियो। प्रतियोगितामा बलिउड अभिनेत्री मलाइका अरोरा मुख्य निर्णयकको रूपमा रहेकी थिइन् । साथै फोटोग्राफर डब्बू रतनानी र मिलिन्दा सोमन सामेल थिए ।यस रियलिटी सोको अन्तिम तीन विजेतालाई ओपो २०१८ को क्यालेन्डरको लागि फोटोशूट गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्