Logo

बैंक लुट्दै गर्दा झुक्किएर काटे आफ्नै घाँटी !



Spread the love

एजेन्सी । भारतमा बैंक लुट्नका गएका मानिसले झुक्किएर आफ्नै घाँटी काटेका छन् । बैंक लुट्नका लागि इलेक्ट्रिक कटर लिएर सेफ काट्न गएका एक मानिस भूलवश आफ्नै घाँटी काट्न पुगेपछि रगतको आहालमा मृत भेटिएका छन् ।

नाम नखुलाइएका ती व्यक्तिले बडोदरामा उज्जीवन लघुवित्त बैंकमा प्रवेश गरेर सेफ काट्ने कोशिश गरेका थिए ।

ब्रान्च म्यानेजर प्रशान्त शर्माले बैंक पुग्दा चोर्न आएको व्यक्ति रगतको आहालमा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्