२६ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।
एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो।
प्रतिक्रिया दिनुहोस्