Logo

देश र जनताको नाममा प्रचण्डले सपथ लिए



Spread the love

prachanda-saphatghran

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले देश र जनताको नाममा सपथ ग्रहण गरे ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएकी हुन ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु,  कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

प्रचण्ड नेपालको इतिहासमा दुईपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट नेता भएका छन। उनी २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए ।
सपथ ग्रहण पछी उनी लैनचौरस्थित शहिद पार्क, चम्पादेवीस्थित पुष्पलाल पार्क र पार्टी कार्यालय पेरिसडाँडा पुग्नेछन् । तेस्पछी सिंहदरवार गएर कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्