Logo

चट्याङ लागेर गुल्मीमा एक जनाको ज्यान गयो



Spread the love

२५ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको ज्यान गएको हो ।

प्रतीकात्मक तस्बिर

शनिवार साझा आठ बजे तिर घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी नायब निरीक्षक दिपेश राईले सल्लेरी खबरलाई बताए ।

साथै घरका अन्य सदस्य सकुशल रहेको स्थानीयले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्