
२३ साउन, काठमाडाैँ – काठमाडाैँकाे चुच्चेपाटीमा श्रीमती र छोरी माथि थिनर प्रहार भएकाे छ । श्रीमानले प्रहार गरेको उक्त केमिकलले लागे श्रीमती र छोरी घाइते भएका छन् ।
बिहीबार साँझ घरायसी कुरामा विवाद हुँदा मकवानपुर घर भई चुच्चेपाटी डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफा गर्न प्रयोग हुने केमिकल प्रहार गरेको प्रहरीले जनाएकाे छ ।
केमिकल प्रहारबाट श्रीमति र छोरी घाइते भएका छन् । श्रीमान स्वयंले पनि आफैंलाई थिनर छर्किएका थिए ।
विष्टलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्