एजेन्सी। हामी मन्दिर किन जान्छाैँ? हामीलाई परेकाे पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउनको लागि मन्दिर जाने गर्छाै। तर, भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा अवस्थित एक भगवान शिवको मन्दिरमा भने पुजा गर्न काेहि जादैनन् ।किनकी, उक्त मन्दिरमा पुजा गर्दा आर्शिवाद नभई श्राप प्राप्त हुन्छ।
त्यहाँका मानिसहरु श्राप लाग्ने डरले शिवले श्राप दिने भएको विश्वास गर्दै पुजा गर्न डराउछन् । शिवको मन्दिर बनाएर राखेको भएपनि हालसम्म तर शिवको प्राण प्रतिष्ठा गरेकै छैनन् ।आज हामी आज यस्तो मन्दिरको बारेमा कुरा गर्छौ जहाँ पुजा गर्नेले आर्शिवाद नभई श्राप प्राप्त हुन्छ ।
हाल मन्दिरको अवलोकन गर्नलाई मानिसहरु टाढा टाढाबाट आउँछन् तर पुजा भने गर्दैनन् ।
प्रतिक्रिया दिनुहोस्