एजेन्सी। युगान्डामा मरियम नाबातंजी नाम रहेकी एक महिला आफ्नो उमेर बराबर बच्चाहरुको आमा भएकी छन्। मरियम ३९ वर्षकी भईन् तर ३८ जना बच्चाहरु उनको कोखबाट जन्मिएका हुन् । उनको विवाह १२ वर्षमा भएको थियो । १३ वर्षको उमेरमा पहिलो बच्चालाई जन्म दिएकी थिइन् ।
जब मरियमको विवाह हुदाँ पतिको उमेर तीन गुणा धेरै अर्थात् ४० वर्षको थियो । उनले ६ पटक त जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । चार पटकसम्म ३/३ बच्चालाई जन्म दिइन् र तीन पटक ४/४ बच्चाको एकै पटक जन्म दिइन् ।
मरियमले अन्तिममा जुडुवा बच्चा जन्म दिइन् जन्माउने क्रममा एक बच्चाको मृत्यु भएपछि उनका पतिले उनलाई सबै बच्चा छाडेर हिडेका थिए। मरियमले नै एक्लै सबै बच्चाको जिम्मेवारी वहन गर्दै आएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्