Logo

तम्घास सिमलटारी सडकखण्डको पहिरो हटायो नेपाली सेनाले



Spread the love

१५ साउन, गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलाटारी सडकखण्डको पहिरो नेपाली सेनाले हटाएको छ । लगातारको वर्षाका कारण रेसुङ्गा नगरपालिका वडा नम्बर चार सेउघामा पहिरो खस्दा लामो समयदेखि यस क्षेत्रका नागरिकले जोखिम मोलेर यात्रा गर्न बाध्य भएका थिए ।

दुई नम्बर बिपत् व्यवस्थापन गण, काली शक्ति गुल्म र वीर भद्र जङ्ग गुल्मीको गणले लगातार तीन दिनसम्म खटिएर पहिरो हटाएको वीर भद्र जङ्ग गुल्मीका सेनानी भूपेन्द्र गुरुङले सल्लेरी खबरलाई बताए ।

तीनसम्म उपसेनानी हरि बहादुर गुरुङको नेतृत्वमा ७५ जना जनशक्तिले माथिबाट खसेका ढुङ्गा हटाउने र जोखिममा रहेका रुख कटान गर्न कार्य गरेको थियो । पहिरो हटेसँगै त्यस क्षेत्रको आवतजावतमा सहजता भएको छ ।

तम्घास सिमलटारी सडकखण्ड जिल्लाको महत्त्वपूर्ण सडकखण्ड हो । यो सडकखण्ड हुँदै जिल्लाका पश्चिम क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला बागलुङ र प्युठानका नागरिक समेत यात्रा गर्न गर्दछन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्