अब ‘मिस्टर भर्जिन’ नाममा फिल्म निर्माण हुने भएको छ । नायक गौरव पहाडी र नायिका मरिष्का पोखरेललाई मुख्य भूमिकामा लिँदै यो नाममा फिल्म निर्माण हुन लागेको हो । बुधवार राजधानीमा एक कार्यक्रमका बीच वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गर्यो । मंसिर २९ गतेबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रलाई खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी तथा बिराशद बस्नेतले निर्माण गर्दैछन् ।
बैशाखको अन्तिम साता प्रदर्शन गर्ने चलचित्रमा रामेश्वर कार्कीको सिनेम्याटोग्राफी रहने छ । चलचित्रमा गौरव र मरिस्काको साथमा कमलमणी नेपाल, श्रीजना सुब्बा, बिजय बराल लगायतका कलाकारहरुको अभिनय रहने छ ।डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशनमा बन्ने यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्नेछ ।
प्रतिक्रिया दिनुहोस्