१२ साउन, गुल्मी। तीन दिनदेखी अवरुद्ध बनेको रिडी रुद्रविणी सडकखण्ड खुलेको छ । लगातार परेको अविरल वर्षाका कारण रुरु गाउँपालिकाको रिडी नजिकै पहिरो जाँदा तीन दिनदेखी सडक अवरुद्ध बनेको थियो । लगातार तीन दिनसम्म डोजर प्रयोग गरी पहिरो हटाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्रर ढकालले सल्लेरी खबरलाई जानकारी दिए ।
तीन दिनसम्म सडक अवरुद्ध हुँदा मालवाहक सवारी साधन अलपत्र परेका थिए। उक्त सडक हुँदै गुल्मीका पूर्वी स्थानीय तहसँगै बागलुङको बुतिबाङसम्म नियमित सवारी चल्ने गर्दछन् ।
यता, रिडी वामी सडक खण्डमा पनि ठाउँठाउँमा पहिरो जाँदा पटक पटक अवरुद्ध बनेको छ । दुई वटा स्काभेटर तयारी अवस्थामा राखेता पनि ठुला ठुला पहिरो जाँदा समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्षले बताए ।
प्रतिक्रिया दिनुहोस्