१२ साउन, काठमाडौं। गण्डकी प्रदेशमा आज थप दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै यस प्रदेशमा कुल संक्रमित एक हजार ३७७ जना पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका २९ र ३० वर्षका पुरुष र महिलामा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्