Logo

जेल सजायँबाट बच्न नक्कली मृत्युदर्ता !



Spread the love

एजेन्सी। अमेरिकाको न्युयोर्क राज्यस्थित लङ्ग टापुमा एकजना अभियुक्तले जेल सजायँबाट बच्न मरेको नाटक गरेका छन् । उनलाई बचाउनका लागि वकिलले अदालतमा अभियुक्तको मृत्यु भएको प्रमाणपत्रसमेत बुझाएको थियो। तर उक्त मृत्यु प्रमाणपत्रको हिज्जेमा अस्वाभाविक गल्ती देखिएपछि प्रमाणपत्र नक्कली भएको र ती व्यक्ति ज्युँदै रहेको खुलासा भयो ।

न्युयोर्कका २५ वर्षीय रोबर्ट बर्जरले चोरीको एक कसुरमा एक वर्षको जेल सजायँ पाउनेवाला थिए । अदालतले फैसला सुनाउने तयारी गरिरहेको बेला उनि बेपत्ता भए । उनकी श्रीमतीले श्रीमानको नक्कली मृत्युदर्ता प्रमाणपत्र तयार गरी वकिल मार्फत् अदालतमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्