१० साउन, प्युठान – प्युठानमा श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ परेकी छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर पाँच काठे बस्ने २९ वर्षीया महिलालाई श्रीमानको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले सल्लेरी खबरलाई बताए ।
गएराती घरायसी विवादका कारण उनका ३३ वर्षीय श्रीमान ज्ञाने सुनारलाई चिरपट दाउरा प्रयोग गरि हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक सुनारको शव रक्ताम्मे अवस्थामा भेटिएको र शरीरभरि चोट लागेको सो वडाका वडाअध्यक्ष अन बहादुर घर्तीले बताए । साथै उनको घटना स्थलमै मृत्यु भएको जानकारी गराए ।
आरोपित महिलामाथि अनुसन्धान सुरु गरिएको प्युठान प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्