चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निकितालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो। २०७४ जेठ २४मा पूर्वअध्यक्ष राजकुमार राईको कार्यकाल सकिएको थियो। ५ महिनादेखि कामचलाउ बनेको चलचित्र विकास बोर्डले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को वैठकबाट यो निर्णय भएको हो । नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक महत्वपूर्ण स्थानमा महिला नेतृ पुगेकी छिन् । फिल्म निर्माता उद्धव पौड्यालको छोरी हुन्, निकिता। निकिता अहिले गोपीकृष्ण हल सञ्चालकको रुपमा चिनन्छिन्। उनी फिल्म निर्मात्री पनि हुन्। फिल्म निर्माणमा सक्रिय निकिताले निर्माण गरेको फिल्म पर्व केही समय पहिला रिलिज भएको थियो।
प्रतिक्रिया दिनुहोस्