Logo

नेपालमै पहिलो पटक “टेक कन्क्लेभ” गर्दै ‘कोड फर चेन्ज’



Spread the love

६ साउन, काठमाडाैँ – कोड फर चेन्जले यसै वर्षदेखि शुरु हुनेगरी ‘टेक कन्क्लेभ २०२०’ आयोजना गर्ने तयारी गरिरहेको छ। कोरोना भाइरसका कारण भाैतिक रूपमा मानिसहरूको उपस्थिति हुन असहज भएपछि कोड फर चेन्ज भर्चुअल टेक इभेन्ट गर्न तर्फ लागेको हो ।

लकडाउनका कारण प्रभावित अवस्थालाई मध्यनजर गर्दै नेपालमा प्रविधिको क्षेत्रमा केही सहुलियत पुगोस् भन्ने उद्देश्यका साथ कोड फर चेन्जले नेपालमै पहिलोपटक भर्चुअल टेक इभेन्ट गर्न लागेको हो ।

विगत केहि वर्षदेखि प्रविधिसँग जोडिएर अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विद्यार्थीहरुलाई कोड फर चेन्जले विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ । लकडाउनले धारासायी बनेको नेपालको शैक्षिक क्षेत्रमा मानिसहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ भर्चुअल टेक इभेन्ट गर्ने तयारीमा जुटेको हो ।

कोड फर चेन्ज परियोजनाका प्रमुख निराजन क्षेत्रीले निष्क्रिय भई बसिरहेका विद्यार्थीहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनुदिनु, अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न विद्यार्थीहरुले गरेका कामहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको बताएका छन् ।


कार्यक्रममा विद्यार्थीहरु, शिक्षक वर्ग, शैक्षिक संघसंस्था तथा समाजसेवी लगायत प्रविधिका जिज्ञासुहरु गरि एक हजार भन्दा बढीको उपस्थिति रहन सक्ने आँकलन गरिएको छ भने कार्यक्रममा कोड फर चेन्ज सँग विगतदेखि काम गर्दै आएका संघसंस्था तथा सहयोगी मनहरुको बाक्लो उपस्थिति रहने देखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमका सबै दिनमा हुने क्रियाकलापहरु विशेषगरी प्रविधिलाई बढुवा गराउने खालकै हुनेछन् । तथापी केहि भने अन्य उपस्थितहरुलाई समेत लक्षित गर्ने गरि हुने क्षेत्रीले बताए ।

कार्यक्रम श्रावण ३०, ३१, र ३२ गते हरेक दिन दिउसो १२ बजेदेखि ३ बजेसम्मको समयमा सञ्चालन गरिने गरि तयारि भइरहेको समेत क्षेत्रीले बताए ।

यससँगै उक्त कार्यक्रममा हुने विभिन्न क्रियाकलापहरुमा भाग लिनका लागि दर्ता फारम खोलिसकेको बताउँदै परियोजनाका सक्रिय सदस्य तेजेन्द्र विक्रम कार्कीले कोड फर चेन्जको फेसबुक पेज वा आधिकारिक वेबसाइटमा गई आफ्नो रुचि अनुसारको क्रियाकलापमा फारम भर्न समेत आह्वान गरेका छन् ।

यस लिंकमा क्लिक गरेर पनि इभेन्टको लागि फारम भर्न सक्नुहुनेछ। http://bit.ly/TechConclave2020

प्रतिक्रिया दिनुहोस्