![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/07/1800x1200_coronavirus_1-5.jpg?resize=525%2C350&ssl=1)
६ साउन, कैलाली। सुदूरपश्चिम प्रदेशमा एकैदिन ४५० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
सोमबार डोटी जिल्लाबाट तीन सय ७८ र अछाम जिल्लाका ७२ जना गरी चार सय ५० जनालाई घर फर्किएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
अहिलेसम्म सुदूरपश्चिममा चार हजार ९५ जनामा कोरोना देखिएकोमा दुई हजार एक सय २९ जना सङ्क्रमणमुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्