प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उमेदवार खगराज भट्टलाई छ हजार ९२२ मतले पराजित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । तर निवाचन आयोगले अन्तिम परिणामको औपचारिक घोषणा भने गरेको छैन् ।
डडेल्धुरामा खसेको ८१ हजार ७३६ मत मध्य उनले कुल खसेको मत मध्ये २८ हजार ४४ मत ल्याएका छन् । देउवाका प्रतिद्वन्द्वी खगराज भट्टले २१ हजार ११५ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्