Logo

१९ वर्षीय किशोरले खोले बैङ्कको नक्कली शाखा



Spread the love

एजेन्सी । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा उक्त बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको खुलासा भएको छ ।

तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् ।

स्टेट बैङ्कको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्