एजेन्सी । स्मार्टफोन कम्पनी वनप्लसले हालचाल वनप्लस ८ प्रो लन्च गरेको थियो । ८ प्रो लन्चको क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको छ ।
क्रोम सेन्सर फिचरले कपडाले छोपिएको वस्तुको पनि फोटो खिच्न सक्थ्यो । प्रयोगकर्ताहरुले कपडाभित्रको दृश्य खिचेको हुनाले चिन्ता व्यक्त गरेका थिए । जसकारणले क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लागेको हो ।
वनप्लस ८ प्रोमा चारवटा क्यामेरा रहेका छन् । जसमध्ये एक क्रोम सेन्सर फिचर हो । सोही फिचरले कपडाभित्रको दृश्य स्पष्ट देखाउँदथ्यो ।
चारैतिरबाट दबाब आएपछि वनप्लसले सफ्टवेयर जारी गरी क्रोम सेन्सर फिचर हटाउन खोजेको छ । उक्त फिचर हटाउनका लागि वनप्लसले जारी गरेको सफ्टवेयर अपडेट गर्नु पर्नेछ । उक्त अपडेटपछि क्रोम सेन्सर फिचर हट्नेछ ।
पछिल्लो समयमा स्मार्टफोनको दुनियाँमा वनप्लसले विभिन्न किसिमका फिचरहरु ल्याइ आफ्नो जादु देखाइरहेको छ । प्रयोगकर्ताहरुले आइफोनपछिको ब्राण्डमा वनप्लसलाई राखेका छन् ।