![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/07/coronavirus-threatening-the-whole-world-1-768x424.jpeg?resize=768%2C424&ssl=1)
२५ असर, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। योसंगै संक्रमित संख्या २ हजार ७१७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँबाट ५८, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट ९ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
संक्रमितमध्ये कैलालीका १३ पुरुष र ६ महिला, कञ्चनपुर ११ पुरुष र १ महिला, अछामका १७ पुरुष, बझाङ्ग ४ पुरुष रहेका छन् । त्यसैगरी बैतडीका २ पुरुष, दार्चुला १ पुरुष र डोटी ९ पुरुष र ३ महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्