Logo

लकडाउनमा कडाइ : सम्पूर्ण व्यवसायहरू बन्द गरिने



Spread the love

२४ असार, ललितपुर – ललितपुर जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै महालक्ष्मी नगरपालिकाले लकडाउनमा कडाइ गर्ने भएको छ ।

असार २५ गते बिहानदेखी लागु हुनेगरी सो महानगरपालिकाले सुचना जारी गरेको हो ।

महानगरपालिकाद्वारा जारी सुचना अनुसार खाद्यान्न तथा औषधि लगायत अत्यावश्यक बाहेकका पसलहरू पूर्ण रूपमा बन्द गरिनेछ भने खाद्यान्न पसलहरूमा सामाजिक दुरी अपनाउँदै बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी क्लिनिक र औषधि पसल भने चाैबीसै घण्टा खुला रहने छन्।

महालक्ष्मी नगरपालिका–७ मा कोरोनाको जोखिम बढ्दै गएको र ८ तथा ९ वडामा समेत जोखिम हुन सक्ने भन्दै त्यहाँका सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिएको छ।

गरपालिकाले जनाए अनुसार सरकारी तथा गैर सरकारी संस्था, बैंकको कारोबारबाट हुने अत्यावश्यक सेवाबाहेक सबै बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्