Logo

सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२१ असार, कैलाली । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्