Logo

पारस शाह सत्याग्राहीलाई भेट्न अस्पताल



Spread the love


असार १९, काठमाडौं । पूर्व युवराज पारस शाहले सत्याग्राही ई र पुकार बमलाई भेटेका छन् । शुक्रबार दिउँसो शाह सत्याग्राहीलाई भेट्न गएका हुन् ।

इनफ इनफ इज आन्दोलन आठ दिनदेखि चलिरहेको छ । आन्दोलनका अभियानकर्ता ई दरबार स्क्यावर परिसरमा सत्याग्रहमा बसेका थिए । सरकारले कोरोना महामारीमा प्रभावकारी काम नगरेको भनी प्रभावकारी काम गर्नका लागि उनी सत्याग्रहमा बसेका थिए ।

बिहीबार इको शरीरमा समस्या देखिएपछि उनलाई राजधानीको ह्याम्स अस्पतालमा पुर्याइएको थियो ।

इनफ इज इनफ अभियानमा लागि परिरहेका पुकार बमको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

पारसले इका बुवाआमासँग पनि कुराकानी गरेका थिए ।

बिहीबार साँझ प्रधानमन्त्री ओली पनि अस्पताल पुगेर सत्याग्राहीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्