एजेन्सी । फ्रेन्च टेनिस संघले दर्शकहरुका लागि फ्रेन्च ओपन खुला गर्ने बताएको छ । जब सेप्टेम्बरबाट फ्रेन्च ओपन सुरु हुनेछ तब समर्थकहरुले खुशी मनाउन पाउनेछन् ।
फ्रेन्च ओपनको वेबसाइटका अनुसार टिकटको बिक्री नौ जुलाइबाट सुरु हुनेछ । चार मानिसको साथमा बस्ने अनुमति दिइनेछ र हर ग्रुपको बीचमा एक सिट खाली छोडिनेछ ।
विदेशी मिडियाहरुका अनुसार २७ सेप्टेम्बरबाट ११ अक्टोबरसम्म चल्ने प्रतियोगितामा हरदिन २० हजार दर्शक आउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्