Logo

सुदूरपश्चिम प्रदेशमा थपिए एकैदिन १ सय ९६ जना संक्रमित



Spread the love

१५ असार, कैलाली। सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ हजार ८९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७ संक्रमित निको भइ घर गइसकेका छन् ।

पुष्टि भएका मध्ये कैलालीका २१ पुरुष र ८ महिला, बाजुराका ४९ पुरुष र ४७ महिला, डोटीका ५२ पुरुष र १७ महिला र दार्चुलाका २ पुरुष रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका १३३, बैतडीका २३१, बझाङ्गका ७२, बाजुराका २८७, डडेल्धुराका २२७, दार्चुलाका १७, डोटीका ३९२, कैलालीका ६०६, कञ्चनपुरका ३०७ गरी २२ सय ७२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्