१४ असार, कैलाली। सुदूरपश्चिम प्रदेशमा थप २१४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसंगै संक्रमितको संख्या १७ सय १२ पुगेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण बाट २१४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि नै ३५८ संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका १३३, बैतडीका २३१, बझाङ्गका ७२, बाजुराका १९१, डडेल्धुराका २२६, दार्चुला १६, डोटीका ३२३, कैलालीका ५७७, कञ्चनपुरका ३०७ गरी २०७६ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्